बर्दिया : योग समिति नेपालले बर्दियाको बढैयाताल गाउपालिको ८ नम्बर वडामा ४० औं योग केन्द्रको शुभारम्भ गरेको छ । योग समिति नेपालका परिकल्पनाकार एवं योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईको अध्यक्षतामा उद्घाटन भएको हो ।
प्रमुख अतिथी बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र योगगुरू भट्टराईद्वारा पानसमा बत्ति बालेर सो केन्द्रको शुभारम्भ गरिएको हो । गाउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले यसरी आफ्नो गाउपालिकामा योग केन्द्र खोल्न पाउनु गर्वको बिषय भएको बताउदै विहानको सुतेरखेर जाने समयलाई खेरजान नदिई सबै जना उपस्थिति भैइ योगगर्न सबैमा अनुरोध गरे ।
निर्मला आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा अध्यक्ष चेतनाथ पौडेलले शुभकामना मन्तव्य रख्दै योग समिति नेपालमार्फत नेपाली समाजमा फैलिएको स्वदेशी चेतना, शारीरिक तथा मानसिक स्वास्थ्यप्रति जागरूकता, र गर्विलो योग परम्पराको खुलेर प्रशंसा गरे ।
कार्यक्रमको मूल उद्देश्यमाथि योग प्रशिक्षक कमला ओली क्षेत्रीले प्रकाश पारेकी थिईन । त्यस्तै कार्यक्रम संन्चालन योग समिति नेपालका सचिव चिरञ्जीवी ज्ञवालीले गरेको कार्यक्रममा योग गुरु आयुर्वेदाचाय भट्टराईले उर्जाशील प्रवचनसहित योगासन, सुष्म क्रिया, प्राणायाम र ध्यानको माध्यमबाट उपस्थित सम्पूर्णलाई प्रेरित गराएका थिए ।
उनले शरीर मात्रै बलियो हुनु स्वास्थ नहुने शरीर, मन, मस्तिष्क र समाजसँगको सन्तुलन नै साँचो स्वास्थ्य भएको स्पस्ट परे । त्यस्तै ४०औं योग केन्द्र व्यवस्थापन समिति समेत गठन गरिएको छ । प्रमुख संयोजकमा योग प्रशिक्षक कमला ओली क्षेत्री, संयोजक निर्मला आचार्य, सह–संयोजक सम्शेर मल्ल सदस्यहरूमा गीता केसी, शोभा अधिकारी ,उक्त मल्ल ,निलम गौतम पार्वती थारु, पार्वती चौधरी, साबित्रि भट्टराई , मन्जु पौडेल , कृष्ण कडेल , रस्मि न्यौपाने , शेषकान्त सुवेदी र सल्लाहकारहरू ,हिमालय त्रिपाठी, चेतनाथ पौडेल, डिल्लीराम गौतम रहेका छन् ।
योग समिति नेपालले स्थायी रूपमा नेपाली समाजमा योगमार्फत सकारात्मक परिवर्तन ल्याउने महान अभियानलाई नेतृत्व दिइरहेको छ । गुरु गिरिराजको मार्गदर्शनमा नेपालका टोल–टोलमा योगको उज्यालो फैलिएको छ। उक्त ४०औं केन्द्रले पनि त्यो उज्यालोलाई अझ व्यापक बनाउने विश्वास लिइएको छ ।
हेल्थइरा । २०८२, १४ जेष्ठ मंगलवार