बाँकेमा तीब्र गतिमा समुदायस्तरमा फैलदै कुष्टरोग

नेपालगञ्ज  : नेपाल सरकारले सन २०१० मै कुष्ठरोग उन्मुलन भएको भन्दै कुष्टरोग निबारणका कार्यक्रम ठप्प गर्दा बाँकेमा भने समुदाय स्तरमा नै नयाँ कुष्टरोगीको संख्या हरेक वर्ष बढेकोे पाईएको छ ।

आईएनएफ नेपालद्वारा सञ्चालनमा रहेको साईनिङ्ग अस्पताल बाँकेको छालारोग उपचार केन्द्रका अनुसार बाँकेमा चालु अर्थिक वर्षको ६ महिनामा बाँकेमा ८६ जना नयाँ कुष्टरोगी भेटिएका छन् । जबकी गात वर्ष यो अबधीमा ५८ जना नयाँ कुष्टरोगी भेटिएका थिए ।

समुदायमा कुष्ठरोगलाई हेयको दृष्टीले हेर्ने र बिभेद गर्ने भएकोले रोग लुकाएर अझै खुलेर उपचारमा नआउदा निवारणमा समस्या देखिएकोले यस वर्ष ‘कुष्टरोगको छ ओखती सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती’ भन्ने मुलनाराका साथ यसवर्षको विश्व कुष्टरोग दिवस मनाईदै छ । छ ।

आईएनएफ साईनिङ्ग अस्पताल छालारोग उपचार केन्द्र बाँकेका ईन्चार्ज मंगलबहादुर थारुले बाँकेमा नयाँ कुष्टरोगीको संख्या हरेक वर्ष बढ्दो क्रममा रहेको जानकारी दिए ।

उनले भने–‘ सन २०१० मा नेपालबाट उन्मुलन भईसकेको कुष्टरोग बाँकेमा भने तीब्ररुपले संक्रमण फैलदो अवस्थामा रहेको छ । सरकारले पनि चासो दिएको छैन । यो वर्षको पहिलो ६ महिनामा ८६ जना नयाँ कुष्टरोगी पत्ता लागेका छन् । यी मध्ये ३६ जना बाँकेका हु्न, बर्दियाको १२ जना, भारतीय नागरिक १४ अन्य २४ विभिन्न जिल्लाका रहेका छन् । ’

गत वर्ष ५८ जना नयाँ कुष्टरोगी पत्ता लाग्दा २३ जना बाँके, बर्दियाको १५ भारतीय १० अन्य १० विभिन्न जिल्लाका रहेका थिए । समुदायमा आफु जस्ता रोगीको संख्या अधिक छ । तर, सामाजिक विभेद हुने डरले खुल्न र उपचारमा आउन डराउने धेरै भएको साईनिङ्ग अस्पतालमा उपचारमा रहनु भएका एक विरामीको भनाई छ ।

कुष्टरोगको क्षेत्रमा अनुसंधान गरिरहेको विराट मेडिकाल ट्रस्टका फोकल पर्शन राजकुमार चौधरीले कुष्टरोग बाँकेमा समुदायस्तरमा बढ्दो अबस्थामा रहेको अनुसंधानका क्रममा पाईएको बताए ।

कुष्टरोगको छ ओखती सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती भन्ने मुलनाराका साथ यसवर्षको विश्व कुष्टरोग दिवस मनाईदै छ । कुष्टरोगको क्षेत्रमा क्रियाशिल साईनिङ्ग अस्पतालको ओपिडिमा दैनिक रुपमा ५०÷६० जना विरामी छालाको विभिन्न समस्या लिएर आउने गरेकोमा सरदर २–३ दिनमा एक कुष्टरोगी पत्ता लाग्ने गरेको अस्पतालले जनाएको छ ।

कुष्टरोगीले आ–आफ्नो पालिकाका स्वास्थ्य संस्थाहरुबाट औषधि पाउने र जो कुष्टरोगको कारण अंगभंग हुने विरामीका लागि साईनिङ्ग अस्पतामा २४ वेडमा भर्ना गरेर सबै उपचार निशुल्क गर्दै अएको छ ।

खुला सीमा र समयमा उपचारमा नआउनाको कारण यसको निदानमा समस्या हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा बर्षेनी करिव १६ हजारलाई कुष्टरोग र छालारोग सम्बन्धित सेवा दिदै आएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया